लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस युनियनको निर्णयः नवौं महाधिवेशन २८ र २९ जेठमा

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९।  लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो ।


भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । भेलाले नवौं महाधिवेशन सम्पन्न गर्न उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।


प्रेस युनियनको विधान संशोधनका लागि सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने, केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक समिति गठन गर्ने निर्णय भएको प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

यस्तै, युनियनको केन्द्रीय समितिले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा युनियन स्थापना दिवस मनाउने भएको छ ।

कमेन्ट गर्नुहोस्