लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजबाट देशभरका विद्यालयहरु ६ दिनसम्मका लागी बन्द

tillotmacitynews - 2022 May 11 10:09 AM
IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आजदेखि ६ दिनसम्म देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको सरकारले धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । nवैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुनेछन । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । 


कमेन्ट गर्नुहोस्