लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोगले गर्‍यो २ वर्षसम्मको एक परीक्षार्थीलाई कारबाही

tillotmacitynews - 2022 May 06 10:36 PM
IMG

तिलोत्तमा सिटी,बैशाख २३ गते २०७९। कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले एक जना परीक्षार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन रोक लगाएको छ ।परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाई आयोगले लिने परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो ।

१७ वैशाखमा सञ्चालन भएको खुला/समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षामा सिंजापतिले परीक्षाको मर्यादित विपरीत काम गरेको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले जारी गरेको सूचनामा उल्लेख छ ।


आयोगका अनुसार आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिंजापतिले मोबाइलमार्फत सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । २२ वैशाखमा बसेको आयोगको बैठकले  सिंजापतिलाई आगामी २ वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्