लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साहित्यसंगै समाजसेवामा सक्रिय सपना,असहायहरुसंग मनाईन आफ्नो जन्मदिन

IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९।  एउटा बोल्न मात्रै नसक्ने म पात्रले समाजमा बोल्न सक्ने तर बोल्न नसकेका सबै नारीहरुको प्रतिनिधित्व गर्दै अघि बढेकी छ्न् सपना आचार्य। भर्खरै बजारमा ल्याएको `मलिलो माटो´ उपन्यास बाट साहित्यमा रोजाइमा परेकी आचार्य समाज सेवामा पनि उत्तिकै सक्रिय भै आफ्नो जन्मदिन असहायसंग मनाउने निधो गरिन। 


उपन्यासमा जस्तै निचरियका थिचरियका पात्रहरुलाई आफुले सक्दो सहयोग गर्ने बताएकी आचार्यले आफ्नो जन्मदिनको अबसरमा रुपन्देहिको बुटवलमा रहेको मानब सेवा आश्रममा गएर सडकबाट उठायर ल्याईएका ७० जनाभन्दा धेरैलाई बिहानको खाना खुवाएकि छिन। असहाय लाई गरेको सानो सहयोगले समाजमा नारीलाई हेर्ने दृष्टिकोणमा समेत परिबर्तन आउने भन्दै उनले समाजमा देखेका भोगेका घटनाक्रमले आफुलाई सधै सोच्न बाध्य बनाएको बताईन। आफ्नो उपन्यास पुस्तक बिक्री भएको केहि रकम सकलन गरि गरिब् दुखि असाहाय बृद्धा बाल बालिकाको लागि सानो सहयोग गर्न पाउदा आफुलाई भाग्यमानी ठानेकी छन्। असहायको सहारा बनेर आउदा दिनमा समेत सहयोग गर्ने बताएकी सपनाले जिबनमा हिडेका बाटोहरु सधै सत्कर्म तिर लैजान सके आफुलाई भाग्यमानी ठान्ने बताईन। 


कमेन्ट गर्नुहोस्