लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काम खुल्यो, सुतेरै ४२ हजार तलब !

tillotmacitynews - 2022 Apr 29 02:33 PM
IMG

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९।  वर्तमान समयमा निकै व्यस्त तथा धपेडीपूर्ण जिवनशैली तथा जागिरको तनावका कारण मानिसहरुको निद्रा खल्बलिने गरेको छ । यसले मानिसहरुमा अनिद्राको समस्या सिर्जना गरिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।राम्रोसँग सुत्न नै नपाइने अहिलेको समयमा अरु काम नै गर्न नपाइने र केवल सुत्न मात्रै पाइने जागिर पाइयो भने कस्तो मज्जा होला ? अझ मासिक तलब झण्डै आधा लाख रुपैयाँ !असम्भव जस्तै लाग्ने यस्तो जागिरका लागि केही मानिसहरुको खोजी भैरहेको छ । वास्तवमा एउटा विश्वविद्यालयले गर्न थालेको एक अध्ययनका लागि मासिक करिब ४२ हजार रुपैयाँ बराबरको तलब दिएर सुत्ने कामका लागि केही स्वयंसेवीहरूको खोजी गरेको छ ।


मलेसियाको मलाया विश्वविद्यालयका शोधकर्ताहरूको एउटा शोधसँग सम्बन्धित पोष्टर भाइरल बनिरहेको छ । उक्त पोष्टरमा भनिएको छ कि शोधमा भाग लिनका लागि सहभागीहरूले केवल सुत्नुपर्नेछ । त्यसको बदलामा उनीहरूलाई १५ सय मलेसियन रिंगिट प्रदान गरिनेछ जुन नेपाली मुद्रामा करिब ४२ हजार हुन्छ ।युनिभर्सिटी अफ मलायाका शोधकर्ताहरूले आफ्नो शोधका क्रममा सुत्ने जागिर खान सहभागीहरूका लागि केही योग्यताहरु निर्धारण गरेका छन् । सहभागीहरू २० देखि ४० वर्ष उमेर सम्मका हुनुपर्नेछ र वजन पनि औसत हुनुपर्नेछ ।


सहभागीहरू आफ्नै घरमा नै सुत्नु पर्नेछ र उनीहरूको सुपरीवेक्षण गरिनेछ । कुनै खालको निद्रा सम्बन्धी समस्या देखिएमा उनीहरूलाई शोधमा संलगन गराइनेछैन ।छनोट भएर शयनघरमा जाने व्यक्तिको शरीरको स्क्रिनिङ पनि गरिनेछ र तबमात्र ऊ उक्त शोधमा जोडिनेछ । त्यसपछि उक्त व्यक्ति ३० रातसम्म शयनघरमा सुत्नुपर्नेछ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्