
तिलोत्तमा सिटी,बैशाख १४ गते २०७९। सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न रोक लगाएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो ।यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा परीक्षा हलमा प्रवेश नगराउन पनि भनिएको छ ।
कमेन्ट गर्नुहोस्