लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पडुवा विश्वविद्यालय इटालीका प्रोफेसर लुम्बिनी वाणिज्य क्याम्पसमा

IMG

तिलोत्तमा सिटी,बैशाख ६ गते २०७९। विश्वविद्यालय अनुदान आयोगबाट  दोश्रोपटक क्यू.ए.ए. प्रमाणपत्र प्राप्त गर्न सफल बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले भौतिक तथा शैक्षिक गुणस्तरका लागि नयाँ नयाँ कार्यहरु सम्पन्न गर्दै आएको छ । यसैक्रममा क्याम्पसले नियमित रुपमा गर्दै आएको भिजिटिङ प्रोफेसरका कक्षा अन्तर्गत मंगलबार पडुवा विश्वविद्यालय, इटालीका प्राध्यापक डेभिड गोलर्जी मार्फत कक्षा सम्पन्न गरेको छ ।


एमविए कार्यक्रमका ४० जना विद्यार्थीहरु सहभागि रहेको अन्र्तक्रियात्मक कक्षामा विदेशी प्राध्यापक गोलर्जीले श्रीलंकाको आर्थिक संकट र नेपालको अवस्था लगायतकाबारे अन्र्तक्रिया गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले आफ्ना भनाईहरु राख्दै प्रोफेसर गोलर्जीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


कमेन्ट गर्नुहोस्