
तिलोत्तमा सिटी, बैशाख ६ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । चैत २५ देखि अभियान सुरु भए पश्चात बिद्यार्थीहरुको परिक्षका कारण अभियान आज बाट शुरु भएको हो। आगामी वैशाख १४ गतेसम्म तिलोत्तामाका १७ वटै वडाका सामुदायिक तथा निजि बिद्यालयमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेलले बताए ।
१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए । खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार लुम्बिनी प्रदेश भरि भएको अभियानका क्रममा नगरपालिकामा बढ्दो टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । पूर्ण खोपको सुनिश्चितता भैसकेको नगरपालिका भएकाले सबै वडामा अभियानकै रूपमा खोप अभियान चलाइएको छ ।आज खोप अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल, स्वास्थ्य शाखा अधिकृत केशव भट्टराई, जनस्वास्थ्य कार्यालय खोप अधिकृत भेषराज शर्मा, डब्ल्यु एच वो र युनिसेफका प्रतिनिधि नेशनल प्रोफेशन बंगलादेश ढाका डिभिजनका डाक्टर एमडी जहान गिर आलम लगायतको उपस्थिति रहेको थियो।
टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग हो ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञवालीका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी नगरका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिने छ ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिएका छन् । सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षमा देशभर ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् ।
कमेन्ट गर्नुहोस्