लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिका मानवज्ञानका ४० जना विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

IMG

तिलोत्तमा सिटी,बैशाख ४ गते २०७९। बुटवलको कालिका मानवज्ञान माविबाट १२ कक्षा उत्तीर्ण गरेका ४० जना विद्यार्थीले एमबीबीएस लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । जसमध्ये १० जनाले एमबीबीएसमा, १२ जनाले पारामेडिकलमा र १८ जनाले इन्जियनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए । प्राचार्य थापाको दावी अनुसार सामुदायिक विद्यालयबाट एकै वर्षमा यति धेरै विद्यार्थीले एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालय कालिका मानवज्ञान नै हो । विद्यालयकी मन्जु पोखरेल,अप्सरा पाण्डे,दत्त रोकाया,रक्षा पोखरेल,सागर अर्याल, अमित कुर्मी,प्रविन बिक,वर्षा न्यौपाने,बर्षा बस्याल र बिमला भण्डारीले एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् । यस्तै विमला भण्डारी,विन्द पौडेल,सागर अर्याल,सन्जना क्षेत्री,श्रृष्टि पन्थी,सबिता राना,गंगा बस्याल,शिशिर थारु,नवराज पौडेल,आयुश पाण्डे, सबिना चुंदाली र अमृत न्यौपानेले पारामेडिकलमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । 



यस्तै आकाश चौधरी,सुरज श्रेष्ठ,युवराज भण्डारी,शरद पोखरेल,जनक सापकोटा,सागर ज्ञवाली,अभिषेक चौधरी,सुस्मा भट्टराई,रमेश खनाल,सुवेच्छा कार्की,लालबहादुर लोहार,सन्दीप श्रेष्ठ,लक्ष्मण पौडेल,निर्माण गैरे,पर्नित पुन र सुजित कुमार गुप्ताले इन्जियनियरिङमा पूर्ण छात्रवृत्ति पाएका छन् । विद्यालयले विद्यार्थी केन्द्रीत व्यवहारिक सिकाईलाई प्राथमिकता दिएको, दक्ष शिक्षकहरुको अथक मेहनत, प्रयोगशालामा प्राक्टिकलका लागि पर्याप्त सामग्री व्यवस्था गरेकाले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । विद्यालयका विज्ञान शिक्षक कृष्ण अधिकारीले चुस्त प्रशासन, र व्यवस्थित सिकाई प्रणाली विद्यार्थीमैत्री पठनपाठनले गर्दा हरेक वर्ष पुर्ण छावृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दै गएको बताए । विद्यार्थी सगुन सिंजालीले व्यवहारिक पठनपाठन, विद्यार्थीमैत्री सिकाई र पर्याप्त प्रयोगशाला सामग्रीका कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको र उत्कृष्ट नतिजा आएको बताइन् । सामुदायिक विद्यालयतर्फ नेपाल सरकारबाट लगातार सर्वोत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत हुंदै आएको विद्यालयमा ८ हजार ७२ विद्यार्थी अध्ययनरत छन् ।          


कमेन्ट गर्नुहोस्