लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा शुद्ध खानेपानी तथा सरसफाई सम्बन्धि अभिमुखीकरण सम्पन्न

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र १९ गते। आनन्दबन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्था ड्राइभरटोल, नगरस्तरीय टोल बिकाश संस्था संजाल तिलोत्तमा र तिलोत्तमा नगरपालिकाको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित एसआर होटलमा एकदिने शुद्ध खानेपानी तथा नगरपालिकाको सरसफाई कार्यविधि सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।  


संस्थाका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो अभिमुखीकरणमा खानेपानी संस्थाका साधारण सभा तथा पार्षद सदस्य, टोल बिकाशका पदाधिकारी सदस्यहरुलाई सरसफाई सचेतना अभिवृद्धि सम्बन्धि गोष्ठी समेत गरिएको थियो। सम्पन्न गोष्ठीमा विभिन्न खाले प्रश्नोत्तर संगै खानेपानी र सरसफाई एक सिक्काका दूइ पाटा भएकाले दुवै स्तरमा नागरिकहरु सजग रहनुपर्ने सहभागीहरुको भनी थियो। 


उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले नागरिकको जिबन सुरक्षाका निम्ति सरसफाई एकदमै आवश्यक भएकाले सरसफाई र पानी एक अर्कामा परिपुरक बनेको बताउनुभयो।  सो अवसरमा बोल्दै नगर प्रमुख तथा बिशिष्ठ अतिथि बासुदेव घिमिरेले सरसफाईको क्षेत्रमा खानेपानी सस्थाले गरेको योगदान अतुलनिय रहेको बताउनुभयो। कार्यक्रमका उदेश्यबारे चर्चा गर्दै संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खानेपानीको शुद्धता र स्वास्थ्य नागरिकका लागि सरसफाई आवश्यक भएकोले सबै नागरिकले घर आँगन सफा राख्न आग्रह गर्नुभयो।


कार्यक्रममा संस्थाका सल्लाहकार रोमणी प्रसाद पाठक, नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्री, करहिया मक्रहर खानेपानीका अध्यक्ष यज्ञ गैरे,शंकरनगर खानेपानीका अध्यक्ष झबिन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल,नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, नगर स्तरिय टोल बिकाश संस्था संजालका संयोजक हेमराज पौडेल, उप संयोजक टोपलाल खनाल, बाताबरण शाखा तिलोत्तमा नगरपालिकाका  गोरखनाथ खनाल लगायतको उपस्थिति रहेको थियो। संस्थाका उपाध्यक्ष किशोर कुमार क्षेत्रीको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा सरसफाई सम्बन्धि घरघरमा टाँस्ने स्टिकर हस्तान्तरण तथा तालिम समेत दिइएको थियो।


कमेन्ट गर्नुहोस्