
तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। पत्रकार टिकाराम घिमिरे ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत तथा सम्मानित भएका छन् । तिलोत्तमा क्षेत्रलाई कर्मथलो बनाई लगनशील,कर्मठ र निष्ठवान भई पत्रकारिता गर्दै समाज रुपान्तरणमा विशिष्ट योग्दान पुर्याएको भन्दै उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो। पुरस्कार राशी रु २५ हजार रहेको छ ।
शनिबार तिलोत्तमा मिडिया क्लब तिलोत्तमाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् । घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथि,प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ,पुरस्कारका संस्थापक तथा क्लबका सल्लाहकार मोहन चापागाई ,क्लबका अध्यक्ष लक्ष्मण पौडेल,पुरस्कार मूल्यांकन समितिका संयोजक अर्जुन ज्ञवाली,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगाएतले सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरेका हुन् ।
लामो समयदेखि रेडियोमार्फत पत्रकारिता गर्दै आएका घिमिरे हाल तिलोत्तमा एफएमका स्टेशन म्यानेजर हुन् , दृष्टिविहिन घिमिरे फरक क्षमता भएर पनि रेडियोको नेतृत्व गर्ने देशकै एक मात्र उदाहरणीय सञ्चारकर्मी हुन् ।उक्त पुरस्कार क्लबका सल्लाहकार अकोरावका पूर्वअध्यक्ष मोहन चापागाइँले आफना आमा बुवा ज्ञान कुमारी र काशीराम चापागाइँको सम्मानमा स्थापना गरेको र हरेक वर्ष एक क्रियाशिक पत्रकारलाई प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्