लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा भारतमा दुई हजारभन्दा कम सङ्क्रमित

IMG

 २०७८ चैत १० , तिलोत्तमा सिटी ।   भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।भारतमा हाल सक्रिय सङक्रमितको सङ्ख्या २३ हजार ८७ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यद्यपी, बुधबार सार्वजनिक भएको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ४२७ रहेको थियो ।


स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ५३१ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ७५ हजार ५८८ पुगेको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।


पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ६७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ६७२ को मृत्यु भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८२ करोड २३ लाख ३० हजार ३६५ डोज खोप लगाइएको छ ।

कमेन्ट गर्नुहोस्