
तिलोत्तमा सिटी,चैत्र १० गते २०७८। गुल्मी थोर्गा बुटवल रुपन्देही गौतम सम्पर्क समाजको तेस्रो वार्षिक उत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदानमा सहभागी ८१ पिन्ट रगत संकलन गर्न सफल समाजले नियमित रुपमा सामाजिक कार्य गर्दै आएको छ।
समाजको तेस्रो बार्षिक उत्सव कार्यक्रममा अध्यक्ष तिलकराज गौतमले समाजमा रगतको कमीले कसैको ज्यान जोखिममा नपरोश भन्ने उदेश्यले रक्तदान कार्यक्रमलाई जोडेको बताउनुभयो।नेपाल स्वयम सेवि रक्तदाता समाज जील्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सो बार्षिक उत्सव कार्यक्रममा रक्तदान सम्बन्धि प्राबिधिक सहयोग गर्दै रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक )बुटवलले सेवा दिएको कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिनुभयो।
घनश्याम गौतमको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रमको संचालन शंकर गौतमले गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्