अर्जुन यावा
२०७८ चैत ९ , तिलोत्तमा सिटी ।
उक्कालो चड्दैगर्दा धनेले
देख्यो फुलिरहेको गुराँस।
बिहानीको घामले
म्वाइ खाइरहेको बेला
उसले देखेको गुराँस
निक्कै लजाएकी थिइ।
उसले नियाल्यो
गुराँसको रातो रङलाई
अनि
स्पर्श गर्न खोज्यो।
उसले भन्दा अघि नै गुराँसलाई
शिशिरको चिसो हावाले छोएर गयो।
धनभन्दा मनको धनी धनेलाई
उसैको मनले
कहिल्यै साथ दिएन
फूलमायालाई उभित्रको कुरा भन्न।
यतिबेला धनेले
फूलमायालाई सम्झियो झल्यास्स
अनि
हेर्यो फेरि
फुलिरहेको त्यही गुराँस
हेरिरह्यो
अनि हेरिरह्यो।
तरुनी फूलमाया
र
फुलिरहेको गुराँस
उस्तै लाग्यो धनेलाई।
ठिङ्ग उभिएको उ
एकफेर मुसुक्क हाँसेर उक्कालै लाग्यो
गुराँस उभिएकै भुइँ टेकेर।
कमेन्ट गर्नुहोस्