लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतमा थप १८ सय मानिस कोरोना सङ्क्रमित

IMG

२०७८ चैत ८ ,तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा भारतमा १५ सय  मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड ३० लाख १० हजार ९७१ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।


भारतमा अहिले दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ ।भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १६ हजार ५१० जनाको मृत्यु भएको छ । ती मध्ये ३१ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।


कमेन्ट गर्नुहोस्