लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : पहाडमाथि उभिएर

IMG

   मोनिका जिरेलघर्ती  

२०७८ चैत ७, तिलोत्तमा सिटी ।  

दिव्य नीलगगनको उचाइ नापेर

अनन्त सागरको गहिँराइ नापेर

सभ्यताका शृङ्खलाहरु नियालिरहेछु

पहाडमाथि उभिएर ....

धर्तीमाथि उभिएको धर्ती चुम्न

धर्तीमा जन्मिएको रवि

यात्राका कठिन मोडहरुमा

निरन्तर बढिरहेछ,

सङ्घर्षका पदचापहरु

धर्तीको गह्रौँ पदचाप

पछ्याइरहेको रवि

उकाली अनि ओरालीहरुमा

नागीमा फुलेका फूलहरु

पहाडमा झुल्केका लालीहरु

हिमाल हाँसेका मुस्कानहरु

सबै–सबै सँगालेर धर्तीभरि

उज्यालो छर्ने रवि

धर्ती नियालिरहेछ

पहाडमाथि उभिएर ...

एउटा पहाडमाथि धर्तीलाई उभ्याएर

अर्को पहाडमाथि उभिएको रवि

रगतले पछ्याएको बाटो

रगतले मुछिएको माटो

व्यस्त अभ्यस्त बाटो

सबै–सबै भुलेर

मुस्कुराइरहेछ हिमालको मुस्कानमा

हराइरहेछ धर्तीको छातीमा

पहाडमाथि उभिएर ...

रवि खोजिरहेछ

रेनाता, बेनेडिक्टो र मुनामदन

रोमियो–जुलियट र लैलामुमताज

पहाडमाथि उभिएर ...

कमेन्ट गर्नुहोस्