लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतमा थप दुई हजार ५६८ संक्रमण पुष्टी

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी ।  पछिल्लो २४ घण्टामा भारतमा थप दुई हजार ५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । र पछिल्लो २४ घन्टामा  ९७ जनाको  मृत्यु भएको हो।  भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड २९ लाख ९६ हजार ६२ रहेको समाचारमा जनाइएको छ ।भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ९७४ व्यक्तिको मृत्यु भएको छ ।  योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३३ हजार ९१७ रहेको अधिकारीले जनाएका छन् । 


स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ७२२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४६ हजार १७१ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।गत सोमबार एकै दिनमा भारतमा सात लाख ७७३ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म करिब ७८ करोड व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । 

कमेन्ट गर्नुहोस्