लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

IMG

 २०७८ फागुन ३० ,तिलोत्तमा सिटी  ।   पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पाँच हजार ४१८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १४८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । नेपालमा हाल चार हजार ८१९ जना सक्रिय सङ्क्रमित छन् । 

कमेन्ट गर्नुहोस्