लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन दक्षिण कोरियामा तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित

IMG

 २०७८ फागुन ३० ,तिलोत्तमा सिटी।   एकै दिनमा  दक्षिण कोरियामा  तीन लाखभन्दा पनि धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । 


सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यतामात्र तीन लाख नौ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।


कमेन्ट गर्नुहोस्