
तिलोत्तमा सिटी,फागुन २९ गते २०७८। तिलोत्तमा नगरपालिकामा रही स्थापना भएको सगरमाथा हेल्पिङ फाउन्डेशन रुपन्देहीले स्यांग्जा जिल्लाको वालिङ नगरपालिका वार्ड नंवर ७ स्थित गुहेश्वरी आधारभूत विद्यालयमा अध्ययन गर्ने ४० जना बिद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेशनरी सामान सहयोग वितरण गरेको छ । संस्थाका संस्थापक अध्यक्ष किशन ज्ञवालीकाे प्रमुख आतिथ्यतामा सुरु कार्यक्रममा बोल्दै समाजमा सगरमाथा टीमले पुर्याएको योगदानकाे खुलेर प्रशंसा गर्दै विपन्न वर्गका विद्याथीलाई गरेको यो सहयोगले बिद्यार्थीहरुमा हौशला र खुसी थपेको बताउनुभयो। कार्यक्रममा बोल्दै सस्थापक अध्यक्ष ज्ञवालीले आफूले विगत ८ महिनामा सगरमाथा टीमसँगकाे सहकार्य र यसले गरेको कामहरुकाे अनुभब व्यक्त गर्दै आगामी दिनमा अन्य जिल्लामा समस्यामा परेकालाई सहयोग र उद्दारकाे लागि आफ्नो टीम सदैव अगाडि बढ्ने प्रतिबद्दता जनाउनुभयो ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यम देखि सहयोग गर्ने सबै लाई संस्था हार्दीक धन्यबाद ज्ञापन गर्दछ ।विद्यालयका प्रधानाध्यापक कमल भण्डारीले संचालन गर्नुभएको सो कार्यक्रममा टीम सदस्य तारा रेग्मी र केशव कँडेल,मिलन भुसाल , सृजना गिरी ,शंकर बस्याल ,पुस्पा खनाल , मायादेवी भण्डारी , सञ्जीमा जिसि , इन्दु घिमिरे , दीपक आचार्य, संगीता सापकोटा, निलम केसी लगायत अन्य बुद्धिजीवी र सामाजिक व्यक्तित्व, विद्यार्थी, अभिभावक हरुको पनि उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्