
तिलोत्तमा सिटी,फागुन २८ गते २०७८। रुपन्देही बिधुतिय ब्यबसायी संघ तिलोत्तमा र सुनौलो फार्मेशीको सहकार्य तथा एसियन डाइग्नोस्टिक ल्याब्रोटरि प्रालिको प्राबिधिक सहयोगमा १ दिने नि:शुल्क सुगर र मृगौला स्वास्थ्य परिक्षण शिबिर मणिग्राममा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष चिरन्जीवी गैह्रेको अध्यक्षता तथा नेपाल बिधुतिय ब्यबसायी संघका कार्यकारी सदस्य प्रकाशचन्द्र पाण्डेको प्रमुख आतिथ्यता एबम लायन्स क्लब अफ बुटवल जुब्लीका अध्य्क्ष पशुपति उपाध्याय, रुपन्देही बिधुतिय ब्यबसायी संघका लोकनाथ पोख्रेल, रुपन्देही बिधुतिय ब्यबसायी संघका अध्यक्ष अशोक क्षेत्री, एसियन डाइग्नोस्टिक प्रालिका सीइओ बिनित रेग्मीको आतिथ्यता रहेको सो शिबिरमा १२५ जनाले आफ्नो सुगर रोग तथा किड्नी स्वास्थ्य परिक्षण गरेका थिए।
मधुमेह यस्तो रोग हो जसमा रोगिको रगतमा ग्लुकोज (सुगर)को मात्र बढ्ने गर्दछ। हामीले खाने खाना बाट बन्ने ग्लुकोजको शरीरमा व्यवस्थापन नहुदा रगतमा यसको मात्रा उच्च रहन्छ। ग्लुकोजले शरीरको हरेक कोषहरुमा शक्ति दिने गर्दछ।
मधुमेह (सुगर) कसले परिक्षण गर्ने ? लक्षण नभएपनि ?
मधुमेह -२ बिस्तारै बिना लक्षण सुरु भई लामो समय पछि बल्ल थाहा हुन सक्छ। तेस्तो अवस्थाको लागि अमेरिकन मधुमेह संगठनले निम्न कुराहरु भन्दछ।
१. सबै ४५ वर्ष माथिको व्यक्तिले मधुमेह परिक्षण गर्ने पर्छ।
२. धेरै तौल भएको /मोटोपन (BMI >25 kg/m2) भएका ४५ वर्ष भन्दा कमको व्यक्ति निम्न मध्य कुनै एक जोखिममा पर्ने व्यक्तिले परिक्षण गर्ने पर्दछ।
त्यस्तै मिर्गौलाको समस्या भएको शङ्का भए रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गरिन्छ र तदनुरूप प्रारम्भिक उपचार सुरु हुन्छ।यसो गर्न समय र खर्च दुवै धेरै लाग्दैन।तिनमा समस्या देखियो भने मात्र मिर्गौलाले कति काम गरेको छ भनेर जाँच्न थालिन्छ।मिर्गौलाले काम गर्न छाडेपछि उपचार जटिल र महँगो हुन्छ। त्यसैले सुरुमै केही चनाखो हुँदा भविष्यमा हुन सक्ने समस्या टार्न सकिन्छ।
कमेन्ट गर्नुहोस्