लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि

IMG

 २०७८ फागुन २७ , तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक अनुसार पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।सोही अवधिमा दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार सात हजार ९८१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको थियो ।पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल पाँच हजार २१२ जना सक्रिय सङ्क्रमित छन् ।

कमेन्ट गर्नुहोस्