
तिलोत्तमा सिटी,फागुन २५ गते २०७८। नेपाल पत्रकार महासघं रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारीता पुरस्कार छनोटका लागि आबेदन माग गरेको छ ।महासघंले उत्कृष्ट पत्रकारीता पुरस्कार छनोट गरेको मुल्यांकन समितीको बुधबार बसेको बैठकले पत्रकारहरुलाई उक्त पुरस्कारको लागि आबेदन दिन माग गर्ने निर्णय गरेको हो ।पत्रकार महासघले उक्त पुरस्कार छनोटका लागि पत्रकार महासघंका पूर्व अध्यक्ष बिनोद पहाडीको संयोजकत्वमा खिमानन्द भट्टराई र भगबती पाण्डे सदस्य रहेको मुल्यांकन समित गठन गरेको थियो । सोहि समितीको पहिलो बैठकले २०७५,०७६ र ०७७ सालको पुरस्कारको लागि महासघं रुपन्देहीको सदस्यहरुलाई आगामी चैत्र १ गते महासघंमा आबेदन बुझाउन आग्रह गरेको छ । बुटबल उप–महानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त पुरस्कारको राशी ५० हजार रहेको छ । महासघंले हरेक बर्ष १ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्