
२०७८ फागुन २४ , तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा भारतमा थप तीन हजार ९९३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । २४ घण्टामा कोरोना संक्रमणको कारण १०८ जनाको मृत्यु भएको हो ।योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९४८ पुगेको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.६८ प्रतिशत रहेको समाचारमा जनाइएको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार २१० को मृत्यु भएको छ । गत आइतबार एक दिनमा भारतमा आठ लाख ७३ हजार ३९५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ४३ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।
कमेन्ट गर्नुहोस्