लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : आज तिमीलाई सम्झिदा

IMG

 महेश रेग्मी  

२०७८ फागुन २४ , तिलोत्तमा सिटी ।  

 मेरो एउटा मात्र आकाङ्क्षा

भर्भराइरहेको मन

फूल भएर प्रतीक्षा गरिरहेको म

प्रतीक्षाका यतिका वर्षहरू बिते

तर पनि म ढुङ्गा हुन सकिनँ

तर यान्त्रिक भएको छु ।

 

तर तिमीले नबिर्स कि,

मेरो याम सकिएको छैन

मेरो याम सकिएको तिमीले सम्भि्कयौं भने  

मान,

तिमी पनि सकिनेछौं ।

 

मेरो बासना तिमीलाई थाहा भएकै हुनुपर्छ

तिम्रो ऋतुपरिवर्तन भएको मलाई थाहा छ  

जब वैशाख महिना सुरु हुन्छ

म खुशीले पागल हुन्छ

किनकि

त्यो दिन तिमीलाई खुब सम्भि्कन्छु

धोबीचराको चिरबिर

तिमीलाई मन पर्छ होइन ?

त्यो धुपीसल्लाको बोटमा

धोबीचराको विरह पनि तिमीले सुनेकी छौं

हो, म त्यही धोबीचरा भएको छु ।

 

घरको चारैतिरको झ्यालढोका बन्द गरेर

अँध्यारो कोठामा बस्छु

जन्मदिन मनाउदिँन

रक्सीले मात्तिन्छु

र, जीवन खोज्छु ।

 

तिम्रो तस्बिर पनि धमिलिएछ

मेरो तस्बिर पनि धमिलिएछ

अँध्यारो कोठामा

फुत्त एउटा जुनकिरी पस्छ

सोच्छु– त्यो तिमी हौं

त्यो जुनकिरी र अँध्यारोको वरिपरि म

र, भयानक रिक्तता

तिम्रो धमिलिएको त्यही तस्बिर खुब हेर्छु

राति नराम्रो सपना देख्छु

र, स्खलित हुन्छ

तिमीलाई खुब सम्भि्कन्छु

हिजोको याम सम्झेर रोए पनि ।

 

के हाम्रो दौड खत्तम भयो ?

के हामी थाकेका हौं त एक–अर्कासँग ?

के तिमीले मलाई मासुको थुप्रो सम्भि्कयौं ?

वा

एक किसिमको आतङ्कित गन्ध ?

जो सुँघ्न सकिँदैन

कि म निर्जन दृश्य हुँदो छु ?

के हुँ म?

को हुँ म?

कि एउटा दुर्घटना हुँ ?

कि एउटा सपना हुँ ?

तिम्रो वक्तव्यको प्रतीक्षा गर्छु  

र, एकप्रकारले गम खान्छु

म जन्मनुपरे

जन्मनेछु

पुनः तिमी गएको बाटोतिर

अब भेट हुने आशामा

म धोबीचरो बतास भएको छु

म बतास जताबाट आएको हुँ

त्यतैतिर हुत्तिँदो छु

तर किनकिन

काम / क्रोध / लोभ / मोह र बासना त्यागेर

के म मान्छे भइरहन सकुँला ?

तिम्रो भइरहन सकुँला ?

आज तिमीलाई सम्झिदा ।         



कमेन्ट गर्नुहोस्