
तिलोत्तमा सिटी,फागुन २३ गते २०७८। मातृ देवो भव:,पितृ देवो भव:,आचार्यदेवो भव:भनेर सिकेका हामी नेपालीले पाहुनालाई पनि अतिथि देवो भवःभनेर उत्तिकै सम्मान गर्ने गर्दछौं।पहिला पहिला हाम्रा गाउँमा विभिन्न स्वदेशी डोके व्यापारीहरुको चहलपहल हुने गर्दथ्यो।कोहि डोकोभरी चुरा बोकेर,कोहि भाँडाकुँडा बोकेर त कोहि जिम्मु,बिरे नुन,हुप,सियो बोकेर व्यापार गर्न आउने गर्दथे।उनिहरु इमानदारीका साथ गाउँभरी डुलेर आफ्नो व्यापार गर्ने गर्दथे।हामिले उनिहरुलाई पाहुना मानेर चार पहर बास पनि दिने गर्दथ्यौ।भोलिपल्ट उनिहरु भुकभुके उज्यालोमै धन्यवाद दिएर बाटो लाग्दथे।यो त स्वदेशी व्यापारिको किस्सा थियो।
विदेशी व्यापारीको अभिप्राय बुझ्न भने कठिन हुन्छ।यदि उनिहरुलाई एकदिने पाहुना मानेर आश्रय दिने हो भने उनिहरु एक दिन नभई सदाको पाहुना बन्न सक्ने सम्भावना पनि बढी हुन्छ।अंग्रेजहरुको बारेमा कुरा गर्ने हो भने त "लहरो तान्दा पहरो थर्कने" भने जस्तै हुन्छ।एउटा देशले मात्र पाइला टेक्यो भने त्यो देशले आफ्ना छिमेकी सबै देशहरुलाई तान्न्ने गर्दछ।हाम्रो दक्षिणको छिमेकी देश भारत तथा उत्तरको छिमेकी देश चिनको इतिहास हेर्यौं भने अंग्रेजहरु आएर शताब्दी नै बसेको इतिहास भेटिन्छ।
पुर्वी एसियाको सुन्दर देश कोरियामा पनि कुनैबेला विदेशीहरु व्यापारको नाउँमा पाहुना बनेर पसेका थिए।कोरिया आएर आफ्नो देशमा बनेको समानको बेचबिखन गरेका थिए।व्यापारको जालो फैलाएका थिए।कोरियाली नागरिकको अगाडि मालिक बनेर ठाँटको जीवन बिताएका थिए।आज यहि व्यापारिको रोचक तथा वास्तविक कहानी कोरियाको इतिहासको पन्नाबाट।
कोरियामा सन १८६० को दशकमा फ्रान्स,जर्मनी जस्ता देशहरु आएर व्यापार गर्ने,इसाई धर्म प्रचार गर्ने चेस्टा गरेका थिए।तर उनिहरुलाई कोरियाका राजाले अनुमती दिएनन।सन १८७६ मा भने समुन्द्रबाट पारी रहेको पुर्वको छिमेकी देस जापानले कोरियामा आएर व्यापार गर्ने अनुमती माग्यो।कोरियाका राजाले जापानलाई बन्दरगाह वरपर रहेर मात्र व्यापार गर्ने अनुमती दिए।तत्पश्चात जापानीहरु आफ्नो देश जापानमा बनेको समान कोरियाको बन्दरगाह ल्याउँथे।त्यहीँबाट कोरियाका व्यापारिलाई आफ्नो समान बेचेर घर फर्कन्थे।यतिसम्म त ठिकै थियो।
सन १८८२ मा कोरियाको अर्को छिमेकी देश चिनले व्यापार गर्ने अनुमती माग्यो।कोरियाले चिनलाई भने कोरिया भित्रै आएर व्यापार गर्ने अनुमती दियो।चिनियाँ व्यापारीहरु कोरिया आएर आफ्नो देश चिनमा बनेको समानको व्यापार सुरुवात गर्न थाले।विस्तारै चिनियाँ नागरिकले जमिन किन्ने अनुमति पनि पाए।चिनियाँ पुँजीपती आएर कोरियाको घर, जमिन किन्न थाले।यसरी चिनियाँ व्यापारीहरु कोरियाभरी जालो फैलाउन सफल भए।
चिनियाँ व्यापारिहरुको आगमनाले कोरियामा परेको असर
चिनियाँ व्यापारीहरु कोरिया आउनभन्दा पहिला कोरियाली नागरिकको आफ्नै घरेलु उद्योग थिए।स्वदेशमै बनेको समान प्रयोग गर्ने गर्दथे।चिनियाँहरुले चिनमा बनेको समान कोरिया ल्याएर सस्तोमा बेच्न थालेपछी कोरियाका घरेलु उद्योग बन्द हुन पुगे।आफ्नै देशको नितिको कारण कोरियाका नागरिक चिनको समानमा निर्भर हुन विवश भए।अब यहाँनेर बुझ्नै पर्ने कुरा के छ भने कुनै पनि देशमा अर्को देशको व्यापारीले व्यापार गर्छ भने त्यो व्यापारीले आफ्नै देशको विकास सोचेको हुन्छ।चिनमा उत्पादित समान कोरिया ल्याएर बेच्ने ती चिनियाँ मालिकहरुले आफ्नै देश चिनको अर्थतन्त्र बलियो बनाएका थिए।चिनबाट आयातित समानको कारण कोरिया उद्योगविहीन भयो।कोरियामा चिनियाँहरु बिक्रेता भए।कोरियाली नागरिक क्रेता भए।सबैकुरा चिनबाटै आउन थालेपछी कोरियाका नागरिक "दिन काट्ने काल पर्खने "भने जस्तै फुर्सदिलो भए।कोरियाली नागरिक गरिव हुँदै गए।चिनियाँहरुले कोरियाली नागरिकलाई महँगो व्याजमा नगद ऋण पनि दिन थाले।चिनियाँ व्यक्तिबाट नगद ऋण पाएपछी कोरियाको वित्तीय संस्थामा पनि असर पुग्न थाल्यो।सन १९६० सम्म आइपुग्दा चिनको कारण कोरियामा कारखाना जन्मनै पाएनन।खाद्य सामाग्री पनि उतैबाट आएको कारण जमिन समेत बाँझो हुन पुग्यो।
कोरियामा नयाँ राष्ट्रपतिको उदय,चिनियाँ पुँजीपति कोरियाबाट पलायन
सन १९६१ मा कोरियामा नयाँ राष्ट्रपति फाक चङ ही भन्ने सत्तामा आए।उनले आफ्नो देशको दयनीय अवस्थाको कारण राम्रोसँग बुझेका थिए।देश विकास गर्नको लागि पहिलो आधार भनेको पञ्चवर्षीय योजना हो।सन १९६२ मा यो योजना पनि स्थापना गरियो।तर योजना स्थापना गरेर मात्र देशमा समृद्धि आउने भने पटक्कै हैन।कोरियामा विकासको बाधक चिनियाँ व्यापारी थिए जो जरा गाडेर बसेका थिए।उनिहरुलाई कोरियाबाट नहटाएसम्म कोरियामा विकासको मुल नफुट्ने पक्का थियो।
चिनियाँ व्यापारीलाई आफ्नो देशमा निष्क्रिय बनाउन राष्ट्रपतिले " साछे थोङग्यल छोछी"भन्ने नयाँ अवधारणा ल्याए।यो अवधारणाले कोरियामा अवैधानिक रुपमा कारोबार हुनबाट रोक लगायो।विदेशी नागरिकले घर जग्गा खरिदबिक्री गर्न नपाउने कानुन बन्यो।चिनका नागरिकलाई दोस्रो दर्जामा राखियो।राहदानी प्रणालीमा बस्ने कानुन बनाए।चिनियाँहरुले भिसा लिएर बस्ने कानुन बस्यो।हरेक नागरिकले बैंक,सहकारिबाट लिखित कारोबार गर्नुपर्ने नियम बसाल्यो।यसले कालो धन कमाइरहेका चिनियाँ व्यापारीहरु मारमा पर्न थाले।झोलामा नगद पैसा बोकेर हिँड्ने चिनियाँहरुको पैसा कागजको खोस्टो हुन पुग्यो।बिस्तारै कोरियाका जनतामा चेतना पलायो।चिनबाट आयातित समान खरिद गर्न बन्द गर्न थाले।चिनियाँ होटेल,रेस्टुरेन्टमा गएर खाजा खान बन्द गरे।अन्ततोगत्वा शताब्दीदेखि जरो गाडेर बसेका चिनियाँहरु कोरिया छोड्न वाध्य भए।इनिहरु चीन फर्केनन इनिहरु त दक्षिणपुर्वी देश इन्डोनेशिया,मलेसिया,भेतनामतिर लागे।त्यहाँ गएर व्यापारको जरो फैलाए।उतै ठुला ठुला कारखानाका मालिक भए।आज मलेसियामा हाम्रा नेपाली दाजुभाइ ७ लाखको हाराहारीमा हुनुहुन्छ।वहाँहरु तिनै चिनियाँ मालिकको कारखानामा कार्यरत हुनुहुन्छ।
यसरी चिनियाँहरु कोरियाबाट विस्थापित भएपछी बल्ल राष्ट्रपतिले कारखानाको स्थापना गरे।सुरुमा जुत्ता,चप्पल,कपडाको कारखाना खोले।कृषिमा आधुनिकीकरण गरे।उद्योग धमाधम खोलिन थाले।साना उद्योगबाट सुरु भएर सन्सारले चिन्ने सामसुङ,हुन्डाई,किया,जस्ता विशाल कारखानाको स्थापना हुन सफल भयो।हरेक समानमा " मेड इन कोरिया " भनी छापियो।महान राष्ट्रप्रेमी राष्ट्रपतिको कारण आज कोरियाका नागरिक मालिक भए।हामी नेपाली उनिहरुका कामदार भयौं।यसरी आत्मनिर्भर कोरिया बन्न सफल भयो।
हाम्रो नेपालमा
हाम्रा हरेक नेपाली सन्तान स्वदेशमा नै धेरै पैसा खर्चेर स्नातकोत्तर गर्छन।अनि जागिरको लागि राज्यको ढोका ढकढक्याउन पुग्छन।तर आशा निराशामा परिणत हुन पुग्छ।यसलेगर्दा विदेश पलायन हुनपर्छ ।अनि हाम्रा हरेक परिवारले बाहिरबाट आयातित समान खान,प्रयोग गर्न बाध्य हुनुपर्छ।हामीले बिदेशमा कमाएर नेपाल पठाएको पैसा स्वदेशमा बस्दैन।सबै पैसा नेपालका मालिकहरुबाट विदेश बाहिरिन्छ।अनि विदेशी खाद्य सामाग्री र ब्राण्डेड लत्ताकपडा भनेर नेपाल भित्रिन्छ।
व्यक्ति,परिवार,समाज,गाउँ,नगर,प्रदेश,मिलेर एउटा सिङ्गो राष्ट्र बनेको छ।हामी समाजसँग जोडिएका छौं।हाम्रो आँगनमा भएको तगारोबाट बाहिर निस्केपछी हाम्रो सिधा सम्पर्क समाजसँग हुन्छ।हाम्रा हरेक समाजमा सचेतक,बुद्धिजीवी, समाजसेवी,शिक्षक,मान्यजन सारा मौजुद हुनुहुन्छ।अब वहाँहरुलाई अनुरोध गर्ने बेला आएको छ।विदेशमा दिन दुईगुणा रात चारगुणाले विकास भइरहेको छ।उनिहरु घरमै बसेर रोबर्ट द्वारा कारखाना चलाउने प्रविधि जन्माइरहेका छन।यस्तो भएपछी विदेशी कामदारको माग दिनप्रतिदिन घट्ने छ।यस्तोमा हाम्रा सन्ततिको भविस्य कता मोडिएला।स्वदेशमै उत्पादित चीजबीज प्रयोग गर्ने,स्वदेशी उत्पादनमा जोड दिनु पर्ने बलियो कानुन ल्याइदिन अनुरोध गर्ने बेला आएको छ।हामी सारा परदेशीको आवाज समाजको हरेक पुजनियहरु सम्म पुगोस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशिन नपरोस।हामी सबैको कल्याण होस।
- बिक्रम थापा
हाल दक्षिण कोरिया।
कमेन्ट गर्नुहोस्