लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

कमेन्ट गर्नुहोस्