लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कविता : यात्रा

IMG

राकेश कार्की 

२०७८ फागुन २३ , तिलोत्तमा सिटी । 

माथि आकाशमा हवाईजहाज

घननन जमीन थर्काउँछ

तल डाँडोमा भरिया दाई

नेपाल अरब चिटचिट पसिना चुहाउँछ

 

हत्केलाले घाम छेल्दै             

भरिया दाई सुस्ताउँछ

आम्मै कस्तरी कुदेको

भन्दै माथि चियाउँछ

 

गाउँका साना भाराभुरे

चिलगढी भन्दै कराउँछन्

चकमक झिकी भरिया दाई

ठूटो बिडी सल्काउँछन्

 

हवाईजहाजको यात्रा हो

देशबिदेश डुल्नु छ

भरिया दाईको यात्राले

नून तेल खेप्नु छ

 

यि दुईको यात्रा माथि

आकाश पाताल फरक छ

आखिर दुबैको यात्रा हो

कहि न कहि पुग्नु छ ।।

कमेन्ट गर्नुहोस्