
२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।
यस्ता छन् हृदयाघातका ९ लक्षण
* छाती दुख्ने- छातीमा केहीले थिचेको जस्तो,
* गह्रौँ, छाती कस्सिएको जस्तो हुने
* शरीरका अरू भाग दुख्ने- छातीबाट अरूतिर दुखाइ सर्दै जानु खासगरी पाखुराहरूमा दुखाइ खासगरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी पिठ्युँ र पेटमा दुखाइ
* रिँगटा लागेको जस्तो हुने
* पसिना आउने
* सास फेर्न गाह्रो हुने
* बिरामी जस्तो महसुस हुने वा बिरामी हुने
* तनाव धेरै बढेजस्तो हुने
* खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने
* छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो। महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुन सक्छ।
स्रोत: एनएचएस
कमेन्ट गर्नुहोस्