लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यूएईमा महिलालाई दुर्व्यवहार गरेमा दश हजार दिर्हाम जरिबाना र एक वर्ष भन्दा बढी कैद हुने

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी । यूएईमा महिलालाई दुर्व्यवहार गरेमा दश हजार दिर्हाम जरिबाना र एक वर्ष भन्दा बढी कैद हुने भएको छ। यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्राेसिक्युशन-पीपी)ले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । यूएईको संघीय कानुन २०२१ को ३१ नम्बर अन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ ।यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित ठाउँमा जाने वा त्यस्तो भेषमा पुरुषलाई निषेध गरिएको क्षेत्रमा गएमा पनि धारा ४१२ अनुसारकै कारबाही हुन्छ । यस्तो क्रियाकलाप गर्ने पुरुषको नियत गलत हुने र अपराध गर्नसक्ने भएकाले यो अपराधलाई पनि गम्भीर रुपमा लिइएको छ । 

कमेन्ट गर्नुहोस्