लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रगतिशील लेखक संघ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा पौडेल चयन

IMG

तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।बुटवलमा सम्पन्न प्रगतिशील लेखक संघ नेपाल रुपन्देही जिल्ला शाखाको नवौं जिल्ला सम्मेलनले कविराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।लेखकहरुले गलतलाई गलत र सहिलाई सहि भन्न डराउन नहुने, पार्टीका नेता-कार्यकर्ता र सरकारको प्रतिपक्षका रुपमा लेखकहरुले आफ्नो भुमिका निर्वाह गर्न सके मात्र समाज परिवर्तन हुने कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछानेले बताए ।


कार्यक्रमका बिशिष्ट अतिथि कविवर रामचन्द्र भट्टराईले नेताहरूलाई बाटो देखाउन र  कम्युनिस्ट विचारहरुलाई एक ठाउँमा ल्याउन लेखकहरुले आफ्नो लेखकीय माध्यमबाट झक्झकाउनु पर्ने बताए  ।कार्यक्रममा प्राज्ञ बूँद राना, डा. मुरारी पराजुली, माओवादी केन्द्रका नेता सुदिप न्यौपाने, एकीकृत समाजवादीका नेता सिद्दिचरण भट्टराईले आ-आफ्नो भनाइहरु राखेका थिए ।जिल्ला सम्मेलनले अध्यक्ष कबिराज पौडेल उपाध्यक्षमा यज्ञ प्रसाद न्यौपाने, श्यामलाल पोखरेल, हृदय लेकाली सचिवमा कृष्ण गाउँले सहसचिवमा सीता ढुङ्गाना काफ्ले, कोषाध्यक्षमा हिरालाल धामी चयन गरेको छ । साथै सदस्यहरुमा दिपक न्यौपाने, गणेश घिमिरे, हुमराज भुसाल, माधवकुमार पौडेल, टेकराज भुसाल, यज्ञलाल सुवेदी, सिर्जना खनाल, गितारानी बराल निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्