
२०७८ फागुन २०, तिलोत्तमा सिटी । पछिल्लो एक दिनमा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । र संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ भने ९ लाख ५८ हजार १९३ जना संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्