लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतमा थप ६ हजार ५६१ जना कोरोनाका सक्रमण पुष्टी

IMG

२०७८ फागुन १९, तिलोत्तमा सिटी ।  पछिल्लो २४ घण्टामा भारतमा थप  ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ४५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ ।


अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कूल सङ्क्रमितको ०।१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । भारतमा कोरोना सुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ । कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।


कमेन्ट गर्नुहोस्