लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वतन्त्रता

IMG

      बिक्रम याक्खा 

२०७८ फागुन १९, तिलोत्तमा सिटी । 

पहाडलाई नजिकबाट नियाल्न चाहान्छु

निलो सागरको छालसितै उठन् चाहान्छु

रङ्गी बिरङ्गी जंगली फुलझै फुल्न चाहान्छु

लह लह फाँटहरुमा धानझै झुल्न चाहान्छु।

ओ नरोक! मेरा पाईलाहरु

नखोज अँध्यारो गुफामा राख्न मलाई

न लगाउ काँडे तार र पर्खालहरु छेक्नु

अंह म कुनै दास हैन चुपचाप सहेर बस्ने ।

छाडिदेउ मलाई मेरो खुसी खुसी नै

जसरी चील झैं उडुँ धेरै माथि माथि

धर्तीदेखि क्षितिजहुँदै आकाशसम्म!

म आफ्नै दुनियाँमा रमाउन चाहान्छु

कसैको बिना भेदभाब ,बिना दबाब !

किन कि म स्वतन्त्रता चाहान्छु।

कमेन्ट गर्नुहोस्