
२०७८ फागुन १८ ,तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ र संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।
कमेन्ट गर्नुहोस्