लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा भारतमा थप ७ हजार ५५४ कोरोना संक्रमण पुष्टी

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी  । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ५५४ नयाँ सङ्क्रमित थपिएका छन्  र २४ घण्टामा  कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् ।अहिलसम्म  भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।।  कोरोना सुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ ।


भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।कोरोना सुरु भएबाट हालसम्म भारतमा चार करोड २३ लाख ३८ हजार ६७३ जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ


कमेन्ट गर्नुहोस्