
तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८। देशमा अहिले एम सिसि पास भएपनि नसेलाएको जल्दो बल्दो बिषय बनेको छ पल र समिक्षा कथा। रुपन्देही कि निशा शर्माले पल शाह र समीक्षाको प्रेमकथा लाई यसरी परिभाषित गर्नुभएको छ।
माया जबसम्म बिवाहमा परिवर्तन हुन्न तब सम्म त्यो सम्बन्ध सम्पूर्ण हुन्न भन्ने सोच राखेर माया गर्ने मान्छे नै दोषी हुन्छ,मायाको अन्तिम विकल्प बिवाह कहिले पनि हुँदैन। माया आफैमा एउटा पवित्र र निर्दोष कुरा हो। एउटा स्त्री को सिउदोमा सजिने सिन्दुर बिवाहको प्रतिक हुन सक्छ तर प्रेमको कदाचित हुँदेन। प्रेम आत्मा देखी हुनुपर्ने एउटा ईश्वरीय सुन्दर प्रक्रिया हो। प्रेममा हमेशा दिनुपर्ने हुन्छ यहाँ माग्ने कुनै ठाउँ हुँदैन। दिनुपर्नेमा पनि हजुरको समय दुई मिठा कुरा मायाको एउटा हेराई कसैको पर्खाईको आदर उसको खुशीमा खुशी हुने र दुःखमा हिम्मत बनेर उसको साथ दिने। यही हो मायाको परिभाषा। हामीले वास्तवमा प्रेम गरेको मान्छेलाई उसको ठूलो गल्तीमा पनि आघात नपुर्याइ अगाडी बढ्नुपर्ने हुन्छ उसलाई बदनाम गर्ने सोच राख्नु हुँदैन। बदलाको भावना राख्ने आत्मामा प्रेमले कहिल्यै निवास गर्दैन । न त त्यो आत्मा शुद्ध हुन्छ।
कमेन्ट गर्नुहोस्