लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । नेपालमा  पछिल्लो थप  २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।


कमेन्ट गर्नुहोस्