लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकै दिनमा दक्षिण कोरियामा १ लाख ३९ हजार कोरोना सङ्क्रमित

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । एकै दिनमा दक्षिण कोरियामा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । तर पनि अघिल्लो दिनको तुलनामा भने यी सङ्क्रमितको सङ्ख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना सङ्क्रमित पाइएका थिए । दक्षिण कोरियामा अहिलेसम्म ३१ लाखभन्दा बढी सङ्क्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा सङ्क्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ ओमिक्रोन भाइरसको सङ्क्रमण निकै तीव्रगतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो सङ्क्रमण दर घट्दै गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्