लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिले केटाकेटी माटोमा खेल्थे

IMG

    लक्ष्मी उप्रेती 

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  ।

पहिले केटाकेटीहरू शरिरभर माटो दलेर रमाउथे

लडिबडि खेल्थे र माटैमाटो हुन्थे अनि

त्यहीँ माटोको ओक्षानमा घुप्लुक्क निदिउथे

माटोलाई माया गर्न पाए रमाउथे

त्यसबेला माटोमा खेल्दा उनिहरू फोहरि हुदैनथे

माटोको सुगन्धले उनिहरू बिरामी पनि पर्दैनथे ।

उनिहरूले टेलिभिजनमा काटुन हेर्न पाएनन्

बजारबाट अनेक थरि खेलौनाका लागि

बुबाआमासँग माग गर्न जानेनन्

उनिहरू माटोमा नै खेल्न पाए रमाउथे

मेरा छोराछोरीले माटोमा रमाउदै

माटोमा खेलेको पल सम्झिरहेछु

अनि उनीहरू गर्भमा हुँदाको मीठासमा

माटोको सुगन्ध मिसिएको अनुभूत गरिरहेछु ।

त्यो समय जस्तो छैन आजको समय

अहिले माटो बिषादी बनिसकेको छ

माटोमा खेल्न र माटोमा हिड्न नै वर्जित छ।

अनि त यसबेला छोराछोरीले बुबाआमासँग

बजारका महङ्गा खेलौनाको माग गर्छन्

घरमा झगडा नै गरेर टेलिभिजनका

कार्टुनमा दिनभर झुत्ति खेलिरहन्छन्

अनि आफुसँगै अरूलाई पनि

कार्टुन हेर्न वाध्य बनाउछन्

अहिले माटोमा खेल्दा ठूलो नै बित्यास पर्छ।

कमेन्ट गर्नुहोस्