
२०७८ फागुन १३, तिलोत्तमा सिटी । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ र एक जनाको मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार कुल आठ हजार ६२६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।
कमेन्ट गर्नुहोस्