लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने

IMG

 २०७८ फागुन १३, तिलोत्तमा सिटी । अबदेखि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको छ। मन्त्रालयक अनुसार  शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि नि:शुल्क पीसीआर परीक्षण हुने  छ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्