लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिम्रै यादमा

IMG

  विमल गिरी   

२०७८ फागुन ११,तिलोत्तमा सिटी। 

अहँ, होइन रहेछ

के हो यो

सपनी या विपनी

बहुलाउनु पनि नहुने

चिच्याउदै बहकिनु पनि नहुने

निरन्तर निरन्तर

दुखी रहेकी छु

मनको बलेसीमा

बह बगाउदै

हरेक साँझमा हुने घामको आत्महत्यासँगै

कठिन परिस्थितिमा

कसरी पोखौ मनका बह

जम्मै याद छ

भुलौ पनि कसरी

खुसीका ति पलहरू

एक्लै छोड़ेर

नआउने बाटो गयौ

नफर्किने गरेर

अगाडी जाउ अँध्यारो छ

पछी जाउ लड्ने डर

पुराना तिनै

तिम्रै मीठा यादहरू

बोकेर सुस्ताउदै

ठिक्क त्यही ठाउँमा

जिन्दगीलाई पछाड़ि फर्केर

जतनसित

समयले धमिल्याइदिएको

तिम्रो फोटो हेर्दै

नितान्त एक्लो

महसुस गरिरहेकी छु

भनन प्रिय

तिमी कहाछौ ?


कमेन्ट गर्नुहोस्