
२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए।
नेपालमा बर्सेनी दुई हजारभन्दा बढी नयाँ एचआइभी संक्रमित थपिइरहेका छन्। आर्थिक वर्ष २०७७ र ०७८ मा दुई लाख ४२ हजार ६८९ जनाको एचआईभी परीक्षण गराउँदा दुई हजार ५७९ मा संक्रमण देखिएको छ। यस्तै २०७६र०७७ मा नयाँ संक्रमित दुई हजार ४१६, २०७५–०७६ मा दुई हजार २९८, २०७४–०७५ मा दुई हजार १३, २०७३–०७४ दुई हजार १११ र २०७२–०७३ तीन हजार ६७१ नयाँ संक्रमित फेला परेका थिए। थपिएकामध्ये धेरैजसो बागमती प्रदेशका नै रहने गरेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन्।अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उनले बताइन्।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने देखिएको छ।
सरकारले सार्वजनिक गरेको पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना
परिकल्पना
नेपालबाट सन् २०३० सम्ममा एड्स इपिडेमिक अन्त्य गर्ने।
मूलध्येय
एचआईभीसँग सम्बन्धीत सम्पूर्ण सेवाहरू समावेशी, समतामूलक तथा पहुँचयोग्य बनाई सो को निरन्तरता कायम गर्ने।
लक्ष्यहरू
१ नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने।
२ एचआईभी संक्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने।
३ एचआईभी संक्रमित तथा मुख्य समूहहरूमा एचआईभी सँग सम्बन्धित विद्यमान असमानताहरूमा कमी ल्याउने।
सन् २०२६ सम्मका लक्ष्यहरु
१. कुल अनुमानित एचआईभी संक्रमितध्ये ९५% को पहिचान गर्ने
२. एचआईभी संक्रमण पुष्टि भएका मध्ये ९५% व्यक्तिको उपचार गर्ने
३. उपचारमा रहेका एचआईभी संक्रमितमध्ये ९५% को Viral load suppression गर्ने
४. नयाँ एचआईभी संक्रमणदर लाई ९०% ले कम गर्ने
५. आमाबाट बच्चामा हुने एचआईभीको संक्रमणलाई निवारण गर्ने
६. Congenital syphilis को केस दर प्रति लाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने
प्राथमिकताहरू
१. मुख्य जोखिम समूहहरूमा एचआईभी रोकथामका सेवाहरू द्रुत गतिले बढाउने।
२. बृहत् उपचार, हेरचाह, सहयोग, भाइरल लोड परीक्षण र सप्रेसनका सेवाहरूमा सर्वव्यापी पहुँचसहित नवीन तथा प्रभावकारी परीक्षण अवधारणा विस्तार गर्ने ।
३. आमाबाट बच्चामा हुने एचआईभी र भिरङ्गीको संक्रमण उन्मूलन गर्ने।
४.एचआईभी सँग सम्बन्धीत संवेदनशील सामाजिक सुरक्षाका सेवाहरूलाई मुख्य तथा जोखिम समूहहरूमा अभिबृद्धि गर्ने।
५. मानवअधिकार र लैङ्गिकताको आधारमा एचआईभी सँग सम्बन्धीत प्रतिकार्य गर्ने।
६. एचआईभीसँग सम्बन्धीत सुशासन सुदृढीकरणको लागी, प्रभावकारी,समावेशी र जवाफदेही सेवा बनाउने।
कमेन्ट गर्नुहोस्