लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गजल

IMG

डिल्लीप्रसाद अधिकारी  

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । 

जाडो याम बिताउन घाम साथी मेरो

मनै शीतल गराउने राम साथी मेरो ।


जिन्दगीमा ठक्कर खाएँ न्याय खोज्दाखेरि

न्यायसंगत बाँच्नलाई काम साथी मेरो ।


धोका खाएँ सबैबाट चोट लागे धेरै

सम्झनामा फेरि आज नीलो डाम साथी मेरो ।


सबैलाई खुशी पार्न सकिएन कसै

देवतालाई खुशी पार्ने धाम साथी मेरो ।


कमाएको नहोला क्यै आजसम्म मैले

गुमाएका जति जे छन् दाम साथी मेरो ।


आफैंलाई रित्याएर खुशी बाढ्दै हिडें

दुखी बनाउने रित्तो खाम साथी मेरो ।


रमाउनै नसकेको ए! डिल्लीप्रसाद

यदाकदा फर्किआउने सलाम साथी मेरो ।


कमेन्ट गर्नुहोस्