लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोेरोना भाइरस संक्रमितको कूल संख्या विश्वमा ४२ करोड नाघ्यो

IMG

 २०७८ फागुन ६, तिलोत्तमा सिटी।  कोेरोना भाइरस संक्रमितको कूल संख्या  विश्वमा  ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो । विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ । ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 


सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक÷एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन् । सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन् । संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टी भइसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ । 


हालसम्म ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६, फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५, बेलायतमा १ करोड ८४ लाख ९९ हजार ५८, रुसमा १ करोड ४८ लाख ९९ हजार ५८, टर्कीमा १ करोड ३२ लाख ६६ हजार २६६, जर्मनीमा १ करोड ३१ लाख ५४ हजार ५४१, इटालीमा १ करोड २३ लाख २३ हजार ३९८ र स्पेनमा १ करोड ७ लाख ७८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये हालसम्म ३४ करोड ४३ लाख १८ हजार ८७७ जना निको भइसकेका छन् । 


कमेन्ट गर्नुहोस्