लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिवार

IMG

 प्रा. डा. कपिल लामिछाने  

 २०७८ फागुन ६, तिलोत्तमा सिटी।  

पहिले:-

सगोलको ठुलो परिवार थियो । सुविधा कम र असुविधा बढी थिए । पढालेखा र समझदार भएकाले एकदिन उसले प्रस्ट शब्दमा आफू छुट्टै बस्न चाहेको कुरा राख्यो । धेरैले जिब्रो टोके ।

– ओह, तैँले छुट्टिने कुरा गरिस् !?

– तँ छुट्टिने ? रामराम कस्ता जमाना आए !

– धत् पाजी, बाआमा, दाजुभाउजू सबैका मुखेन्जी यस्तो कुरा गर्दा लाज लागेन तँलाई ?

– कत्ति छटाको हँ ?


अहिले:-


एकदिन पुराना साथीहरू भेट भए । कुरैकुरैमा ऊ सगोलमै भएको कुरा भयो । साथीहरू छक्क परे । उनीहरूले प्रश्नका झटारा हाने । भने–

– आबुई तँ सगोलमै छस् ?

– त्यत्रो ठुलो परिवारमा कसरी तेरो प्रगति हुन्छ ?

– कसरी तेरो प्राइवेसी रहन्छ ?

– तँ कसरी बाँचेको छस् ?

– खै मैले त पत्याइन बा । ढाँटेको होलास् ।

कमेन्ट गर्नुहोस्