लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाका कारण मृत्यु हुनेको संख्या भारतमा सरकारी आँकडाभन्दा ८ गुणा बढी भएको खुलासा

IMG

२०७८ फागुन ५, तिलोत्तमा सिटी।  कोभिड–१९ का कारण ज्यान गुमाउनको संख्या भारतमा आधिकारिक आँकडाको तुलनामा ६ देखि ८ गुणा बढी भएको बुधबार जारी गरिएको एक शोधमा खुलासा गरिएको छ ।नोभेम्बर सन् २०२१ को सुरुवातसम्म ३०।२ लाख जनाको मृत्यु कोभिडका कारण भएको थियो । जबकी सरकारी आँकडामा मृत्युको संख्या लगभग ४ लाख ६० हजार मात्रै थियो ,।शोधमा मृत्युको आँकडाको संख्या कम देखाएर कोरोनाको दोस्रो लहरको भयंकर प्रभावलाई कम गरेर पेश गरिएको बताइएको छ । कोलकाताबाट निस्कने अंग्रेजी पत्रिका द टेलिग्राफमा यो खबरलाई प्रमखुताका साथ छापिएको छ ।


एक फ्रान्सेली शैक्षिक संस्थानका डेमोग्राफर क्रिस्टोफ गुइलमोटोको अनुमानका अनुसार जुलाई सन् २०२१ सम्म ३०।२ लाख जनाको कोभिडका कारण मृत्यु भएको छ ।गुइलमोटोले चार भिन्न भिन्न क्षेत्रमा कोभिडका कारण मृत्यु भएको संख्यालाई प्रयोग गरेर आफ्नो अध्ययन तयार गरेका छन् । केरलमा भएको मृत्यु, भारतीय रेलवेका कर्मचारी, विधायक–सांसद र कर्नाटकको स्कूलका शिक्षकको कोभिडका कारण भएको मृत्युको अध्ययन गरेर देशव्यापी मृत्युको अनुमान लगाइएको छ। 


यदि अध्ययनका अनुमान सही साबित हुन्छ भने भारत सबैभन्दा बढी मृत्यु हुने देश बन्नेछ । अहिलेसम्म अमेरिकामा कोभिड संक्रमणका कारण आठ लाख र ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भएको छ र यो देश संसारको सूचीमा सबैभन्दा अघि छ ।भारतको कोभिडका कारण हुने मृत्युदर संसारको तुलनामा अपेक्षाकृत कम छ, सरकारी गन्तीका अनुसार प्रति एक हजार जनसंख्यामा कोभिड मृत्युदर ०।३ प्रतिशत छ । यस्तै संसारको औसत ०।६ प्रतिशत छ ।पत्रिकासँग कुरा गर्दै स्वास्थ्य जानकारले यस्तो प्रकारको अध्ययन जसमा भिन्न भिन्न डाटाबेसको विश्लेषणात्मक अध्ययन गरिएको छ र जसमा मृत्युको संख्यालाई कम देखाइँदै केन्द्रलाई आँकडाको चुनौती दिने जुन कुरा सार्वजनिक भएको छ त्यो तनाव दिने खालको छ ।



कमेन्ट गर्नुहोस्