लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

किसान

IMG

राजु घिमिरे    

२०७८ फागुन ५, तिलोत्तमा सिटी।

 किसान हामी मेहनत गर्छौँ लिई तनमन ।।

साँझ, बिहान, झरीबादल नभनिकन ।

सधैँ भरी मेहनत गर्दछौँ अन्न फलाउन ।

लाखाैँ मानिसहरुको भोकलाई मेटाउन ।।


प्रकति नै हुन सर्वश्रेष्ठ उर्वर भुमिलाई ।

अन्न, फलफुल, तरकारी सबै रोप्नलाई ।।

खेतबारी जोत्ने खन्ने हाम्रो नित्य काम ।

लगनशिल बन्ने किसान खानलाई माम ।।


खेतबारीमा काम गर्ने हाम्रो नित्य कर्म ।

बालीनाली गोडमेल गरी हुर्काउने धर्म ।।

अन्नबाली छोराछोरी बराबर हुन् हाम्रा ।

बनाउने गर्छौँ हामी यि दुबैलाई राम्रा ।।


कृषि उपज नभई हुन्न हाम्रो समाजमा ।

किसान चाहिँ अपहेलित यहि संसारमा ।।

हाम्रा लागि खेतबारी नै सबै संसार हुने ।

हामी चाहिँ बारम्बार कृषि कार्य सोच्ने ।।


कृषि काम दिन बिताउन मात्र भयोे ऐले ।

यहि पेशाको ठुलो ईज्जत हुने गथ्र्याे पैले ।।

हामी किसान भई निरन्तर गर्छौँ मेहनत ।

तर अब किसानको ईज्जत कहाँ छ त ? ।।


कमेन्ट गर्नुहोस्