लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको जनहित माविमा प्लस-टु संचालनका लागी भवन बन्ने

IMG

तिलोत्तमा सिटी, फाल्गुण ४ गते २०७८।  रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजार स्थित जनहित माविमा प्लस टु संचालनका लागी ४ कोठे भवन बन्ने निश्चित भएको छ।  शिक्षा तथा प्रबिधि मन्त्रालयको विनियोजित बजेट मार्फत नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता तथा शिक्षा तथा प्रबिधि मंत्री देबेन्द्र पौडेल सुनिलको पहलमा सो कार्य हुन लागेको नेकपा माओबादि केन्द्रका स्थानिय युवा नेता प्रदीप थापाले बताउनुभएको छ।  प्लस तु संचालनका लागी धेरै पटक यस अघिको सरकारमा समेत धाइरहेको तर खासै चासो नदिएको कारण गत शैक्षिक सत्र मै संचालनमा ल्याउन खोजिएको बिद्यालयमा हाल आएर मात्र सो कुरा पुरा भएको थापाको भनाई छ।  

कक्षा १० सम्म संचालन भएको सो विद्यालयको कक्षा अभावका कारण प्लस टु संचालन गर्न कष्ट भएको थियो।  अब भने सो समस्या भएको र उच्च शिक्षा पढ्न त्यहाका बिद्यार्थी टाढा जानु पर्ने बाध्यता हट्ने आशा लिएको थापाको भनाई छ। सो बिद्यालयका लागी सो कार्य अघि बढाउँन छिट्टै टेन्डर आब्हान गरिने र आउदो शैक्षिक सत्र बाट कक्षा संचालन गर्न सहज र छिटो प्रयास गरिने बिद्यालय स्रोतले बताएको छ।सो भवन र प्लस टु संचालनका लागी तिलोत्तमा नगरपालिकाको तर्फा बाट शिक्षा शाखा तथा शिक्षा मन्त्रिका स्वकिय सचिव कुलप्रसाद खनालले बिशेस भूमिका खेलेको प्रति स्थानिय बासीले धन्यबाद समेत ब्यक्त गरेका छन्।    

कमेन्ट गर्नुहोस्